बिहिवार , भाद्र २८, २०८०
बुटवल, २८ भदौ ।
रोयल इनफिल्ड बुटवलको लागि आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रा.लि.ले रोयल इनफिल्ड हन्टर ३५० बिहीबारदेखि विक्री शुभारम्भ गरेको छ ।
नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले हन्टर ३५० नाडा अटो शोमा सार्वजनिक गरेको हो ।
बुटवल कालिकानगरमा रोयल इनफिल्डको शोरुममा रोयल इनफिल्ड हन्टर ३५० को विक्री शुभारम्भ गर्दै प्रा.लि.का अध्यक्ष प्रेमराज गैरेले हन्टर अहिलेसम्मकै सबैभन्दा कम मूल्यमा ४ लाख ५९ हजार रुपैयाँमा सुरुवाती मूल्यमा हन्टर सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रुपैयाँ कायम गरेको जानकारी गराएका थिए ।
व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्ने शुभचिन्तक, आफन्तजन, व्यवसायिक प्रतिष्ठानहरुलाई प्रा.लि.का सञ्चालक लक्ष्मी गैरेले धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रा.लि.का वरिष्ठ प्रबन्धक ध्रुव सापकोटाले नयाँ लन्चिङ भएको रोयल इनफिल्ड हन्टरलाई ग्राहकले मन पराउने विश्वास व्यक्त गरे ।
हन्टर रेट्रो र मेट्रो दुई भेरियन्टमा विभिन्न कलरमा उपलब्ध भएको र ३४९ सिसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एण्ड आयल कूल्ड इञ्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४ हजार आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्ने यो इञ्जिन ५ स्पीडको गियरबक्स उपलव्ध भएको सापकोटाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij