२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

इन्टलेक्चुअल स्कूलका विद्यार्थीद्वारा सरसफाई कार्यक्रम

बिहिवार , भाद्र २८, २०८०

बुटवल, २८ भदौ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कूलका विद्यार्थीहरुले सरसफाई कार्यक्रम गरेका छन् । स्कूलमा गठित इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम स्कूलको वरिपरी र योगीकुटीदेखि मझुवास्थित भुवनसिंह मार्गको डेढ किलोमीटर र पुर्वदेवसिद्वनगरको एक किलोमीटर सडकमा सरसफाई गरिएको थियो ।

वातावरणलाई स्वच्छ राख्नुपर्ने र डेंगु नियन्त्रण गर्ने अभियान स्वरुप यो कार्यक्रम गरिएको बाल क्लबकी अध्यक्ष नेहा भारीले जानकारी दिइन् ।

375208279_1291171878200315_3974556954376396445_n.jpg

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा विद्यार्थीहरुले सडक वरपरका घरहरुका मानिसहरुलाई वातावरण प्रदुषित नगर्न र प्लाष्टिकजन्य फोहोरहरुलाई जथाभावी नफाल्न समेत अनुरोध गरेका थिए ।

स्कूलको बाल क्लबद्वारा बिहीबार बिहान सञ्चालन गरिएको कार्यक्रम बाल दिवसका अवसरमा गरिएको स्कूलका अतिरिक्त क्रियाकलाप संयोजक सुरज वि.क.ले जानकारी दिए ।