२०८२, चैत्र १७ गते

Mar 31 2026 | २०८२, चैत्र १७ गते

सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने एमालेको निर्णय

मंगलवार , भाद्र २६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाण्डौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    मंगलबार च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको हो । बैठकले असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने र नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ ।

    सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको छ । बैठकका क्रममा एमालेले नेम्वाङको कुर्सीमा फूल राखेको थियो ।