
मंगलवार , भाद्र २६, २०८०
बुटवल, २६ भदौ ।
राष्ट्रिय बाल दिवस–२०८० को अवसरमा नेपाल बाल संगठन जिल्ला कार्यसमिति, रुपन्देहीले विद्यालयस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ बुटवल बाल मन्दिरको सभाहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा ११ वटा विद्यालयको सहभागीता रहेको नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल प्रथम, गाग्री एकेडेमी द्वितीय, न्यू होराइजन तृतीय र होराईजन गौतमबुद्ध एकेडेमी सान्त्वना भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: १५ हजार, १० हजार, ७ हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको नेपाल बाल संगठन रुपन्देहीका कार्यसमिति सदस्य सुरज भट्टराईले जानकारी दिए । प्रतियोगितामा नारायण प्रसाद खनाल, अन्जु श्रेष्ठ र अनु रजकले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यसअघि प्रतियोगिताको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरेकी थिइन् । त्यसअवसरमा उनले तीज पर्वको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वमाथि चर्चा गर्दै बदलिंदो परिवेशसँग तीज मनाउने प्रचलन पनि फेरिंदै गएको बताइन् ।
त्यस्तै प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, समाजसेवी अरुणा श्रेष्ठ, नमस्ते नेपाल बाल क्लबको उपाध्यक्ष एलिजा थारु, संगठनका उपाध्यक्ष अञ्जु श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । प्रतियोगी टीमहरुको सहजीकरण संगठनको सचिव कल्पना पाँडे मगरले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij