
आइतवार , भाद्र २४, २०८०
काठमाडौं । नेपाली काग्रेसका नेता डाक्टर शेखर कोईरालाले वीपीको समाजबाद ब्यबहारमा लागु हुन नसकेको बताएका छन् ।
आइतबार चितवनमा आयोजित ११० औ वीपी जयन्तीको अबसरमा वीपीको शालिक अनावरण तथा बृक्षारोपण कार्यक्रम कार्यक्रममा कोइरालाले वीपी भने जस्तो गरीब असाहय र समाजमा पछाडी परेकाहलाई निशुल्क शिक्षा स्वास्थ्य र रोजगारको ब्यबस्था हुन नसकेको र वीपीको समाजबाद पनि ब्यबहारमा लागु हुन नसकेको बताएका हुन् ।
अग्रज नेताहरुको सम्झनामा बनाईएका शालिकहरु आन्दोलनको क्रममा कतिपय शालिक तोडफोड भएकाले शालिकहरुको पनि सरक्षण गर्नको लागि अभिलेख राख्न जरुरी रहेको उनले बताए । नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभइ भ्रष्टाचारबिरुद्ध शुन्य शहनसिलता आवश्यक रहेको र पारदर्शीता तथा जवाफदेहीता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको जिकिर गरे । अहिले कांग्रेस यो कुराबाट कतै बिचलित भएको हो कि भन्ने आफुले लागेको उनको भनाइ छ ।
भरतपुर–३ मा रहेको वीपी शान्ती वनमा ३५ लाखको लागतमा उक्त शालिक निर्माण गरिएको हो । उक्त स्थानमा २०५३ सालमा ढलोटको पुर्ण कदको शालिक निर्माण भएपनि शालिक तोडफोड भएपछि अहिले नयाँ शालिक निर्माण गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij