
आइतवार , भाद्र २४, २०८०
भैरहवा, २४ भदौ ।
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । भैरहवामा सम्पन्न अधिवेशनले कृष्ण नारायण कुर्मीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा रामेश्वर कोइरी, सचिवमा गोविन्द कोहार, सह–सचिवमा सन्दिप कोइरी, गणेश कार्की र कोषाध्यक्षमा भीमसेन सहानी रहेको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रविन आचार्यले बताए ।
त्यस्तै सदस्यहरुमा राजेन्द्र यादव, भीखु यादव, राकेश कोइरी, शिव कुमार कोइरी, मोनु कोइरी, रामकुमार कोइरी, शिवसागर कोइरी, श्रवण चाई, मोनु गोसाई, प्रदीप बेल्दार, राम सुरेश कुर्मी, रमेश यादव, शेषमन प्रसाद सहानी र रामनेवास सहानी रहेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य किरण नेपालले युवा संघले निर्वाचनको बेला मात्र नभइ समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा एमाले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन कुमार गिरी, राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण मल्ल ठकुरी, रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठ, सिद्धार्थनगर अध्यक्ष प्रविन आचार्य, सिद्धार्थनगर–१० का वडाअध्यक्ष सुर्जमन यादव, एमाले सिद्धार्थनगर–१० का अध्यक्ष कपिलदेव गोसाईलगायतले बोल्दै युवा संघले रचनात्मक कार्य गर्दै आएको बताए ।
राष्ट्रिय युवा संघ सिद्धार्थनगरका उपसचिव विक्रम यादवको अध्यक्षता, संघका केन्द्रीय सदस्य किरण नेपालको प्रमुख आतिथ्यता, जिल्ला सदस्य सम्झना थापा के.सी.को स्वागत तथा सुचेन्द्र शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij