२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

शुक्रवार , भाद्र २२, २०८०

काठमाडौं, २२ भदौ ।

नेकपा (एमाले) का सांसद रघुजी पन्तले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसदमा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गरेका हुन् । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदैछन् । तर, अमेरिकाबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।