
बिहिवार , भाद्र २१, २०८०
सुनसरी, २१ भदौ ।
सुनसरीको धरान उपमहानगरपालिका-६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाइ पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् ।
भट्टराई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भइ वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
त्यसअवसरमा धरान–६ का अगुवा कार्यकर्तालाइ शुभकामनासहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रीत जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij