२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारवाही गर्न कांग्रेसको माग

बुधवार , भाद्र २०, २०८०

काठमाडौं, २० भदौ । 
नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले यादवको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।