
मंगलवार , भाद्र १९, २०८०
रुपन्देही, १९ भदौ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार हरिप्रसाद रिजालले अग्रता कायमै राखेका छन् ।
४०० मतगणना हुँदा रिजालले २१४ मत पाएका छन् । त्यस्तै अर्का प्रतिष्पर्धी राधाकृष्ण कंडेल १८२ मत पाएर पछिपछि छन् ।
१ हजार ४ मतदाता रहेकोमा नयाँ नेतृत्व चयनका लागि ९६५ जनाले मतदान गरेका थिए । नेतृत्व चयनका लागि मंगलबार नै मतदान भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij