२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमाले लुम्बिनी प्रदेश अधिवेशन : हरि रिजालले लिए ३० मतको अग्रता

मंगलवार , भाद्र १९, २०८०

रुपन्देही, १९ भदौ । 
नेकपा (एमाले) लुम्बिनी प्रदेश प्रथम अधिवेशन अन्तर्गत नेतृत्वका लागि भएको निर्वाचन मतगणनाको दोस्रोपटक सार्वजनिक नतिजामा हरि रिजालले अग्रता लिएका छन् ।

३ सय मतगणना हुँदा अध्यक्षका उम्मेदवार हरि रिजालले ३० मतले अग्रता लिएका हुन् । रिजालले १६४ मत पाउदा राधाकृष्ण कँडेलले १३४ मत मात्र पाएका छन् । ३० मतले रिजाल अघि छन् ।

मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।