
सोमवार , भाद्र १८, २०८०
बुटवल, १८ भदौ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षका लागि दुईजनाको उम्मेदवारका बीचमा आज मतदान हुँदैछ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कंडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेपछि उनीहरुबीच प्रतिष्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो ।
प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ ।
तर, दुवै जना कंडेल र रिजालले उम्मेदवारी दर्ता गरेपछि निर्वाचन गरिन लागिएको हो । दुवैजना उम्मेदवारमध्ये कंडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।
उम्मेदवारी दर्ताको समय आज बिहान १० बजेसम्म रहेको छ । यद्यपी, यस बीचमा सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोशिष भने जारी रहने जनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij