२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

काठमाडौंमा २७ भदौमा राप्रपाको विरोध सभा

आइतवार , भाद्र १७, २०८०

काठमाडौं, १७ भदौ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा गर्ने भएको हो ।

आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्याली र सभा गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।