२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कंडेल र रिजालको उम्मेदवारी दर्ता

आइतवार , भाद्र १७, २०८०

बुटवल, १७ भदौ । 
नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ ।सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कंडेल र हरि रिजालले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रथम प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको हो ।

दुवैले उम्मेदवारी दर्ता गरेका छन् । कंडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् । उम्मेदवारी दर्ताको समय भोलि बिहान १० बजेसम्म रहेको छ ।