२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमाले लुम्बिनी प्रदेश अधिवेशन : बन्द सत्रमा प्रतिवेदन पेश तथा अध्यक्ष मण्डल गठन

शनिवार , भाद्र १६, २०८०

रुपन्देही, १६ भदौ । 
नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनको बन्द सत्र शनिबार राती नै सुरु भएको छ । निर्धारित समयभन्दा ढिलो सकिएको उद्घाटन सत्रपछि साँझ ६ बजे बन्द सत्र शुरु भएको हो । 
पहिलो दिनको बन्द सत्रका प्रदेश कमिटीको तर्फबाट तयार भएको प्रतिवेदन पेश भएको छ भने अध्यक्ष मण्डलको गठन भएको छ । 

एमाले लुम्बिनी प्रदेश प्रचार विभागका अध्यक्ष डीआर घिमिरेका अनुसार शनिबार प्रतिवेदन पेश भएपछि पार्टी सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालको संयोजकत्वमा अध्यक्ष मण्डलको गठन भएको छ । अध्यक्ष मण्डलमा स्थायी कमिटीबाट काशिराज अधिकारी, दलबहादुर राना, पोलिटब्यूरो सदस्यबाट सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी केन्द्रीय सदस्यबाट सावित्रा अर्याल र सरिता खनाल सदस्य रहेका छन् ।

आज पेश भएको प्रतिवेदनमाथि आइतबार पहिलो चरणमा समूहगत छलफलपछि पास गरिने र बल्ल निर्वाचन प्रक्रियामा अगाडि बढ्ने कार्यक्रम रहेको छ ।