२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

एसिया कप क्रिकेट : आज पाकिस्तान र भारत प्रतिष्पर्धामा उत्रदै

शनिवार , भाद्र १६, २०८०

काठमाडौ, १६ भदौ । 
एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिरपरिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आइपुगेको हो । 

श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने सो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्धन्द्धी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सो प्रतिष्पर्धा हुन लागेको हो । पाकिस्तानसँग राजनीतिक रुपमा समेत प्रतिद्धन्द्धी भारतले कुनै पनि खेल पाकिस्तानमा नखेली सबै खेल श्रीलंकामा खेल्दैछ ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन् ।