
बिहिवार , भाद्र १४, २०८०
नेपालगञ्ज, १४ भदौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंगिने दाबी गरेका छन् ।
बिहीबार नेपालगञ्जको भेरी अस्पतालको निरीक्षणपछि अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंग्याउने बताएका हुन् ।
पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरुलाई एक महिनाभित्रै आफ्नो दरबन्दीमा पठाउने बताउँदै उनले यसका लागि सरकारले काम गरिरहेको जानकारी दिए ।
वर्षाैंदेखि काजमा बस्ने परिपाटीले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएको भन्दै उनले अब काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij