२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

दोषी देखिए प्रचण्डसहित माओवादीका नेतालाई पनि नछाड्न सीआईबीलाई भनेको छु : प्रधानमन्त्री

बिहिवार , भाद्र १४, २०८०

सुर्खेत, १४ भदौ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा प्रचण्डसहित माओवादीका नेताहरु दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई भनेको बताएका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईबीलाई दबाब नदिएको बताउँदै दोषी देखिए आफ्ना नेता र प्रचण्डलाई समेत नछाड्न भनेको बताए । 

‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भए पनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।