
बिहिवार , भाद्र १४, २०८०
भैरहवा, १४ भदौ ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको सन्दर्भमा समूहबन्दी र गुटगत गतिविधिलाई बिलकुल बन्द गर्न आग्रह गरेका छन् । उनले सामाजिक संजालमा पक्षविपक्षको प्रचारप्रसार पनि नगर्न र पार्टी नेतृत्वलाई विभाजित र विवादित नगर्न आग्रह गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै एमाले कपिलवस्तु जिल्ला इञ्चार्जसमेत रहेका नेता भट्टराईले आग्रह गरेका छन्, ‘नेतृत्व चयनको निम्ति सहमतिको अधिकतम कोशिस गरौं । औचित्य र आवश्यकताको आधारमा वहस पैरवी गरौ । चुनाव नै हुने परिस्थिति आइपर्यो भने समूह होइन व्यक्ति चुनाव लड्ने कुरालाई व्यवस्थापन गरौं । ’
असाध्यै मर्यादित र समझदारीपूर्ण ढंगले अगाडि बढ्नुपर्ने पार्टीको वृहत्तर हित यसैमा रहेको उनको भनाइ छ ।
प्रदेश नेतृत्वको आकांक्षीले गुटगत भेला गरेको भन्दै एमाले नेताहरुले गुटगत भेला नगर्न आग्रह गरेका छन् । एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन यही भदौ १६ र १७ गते रुपन्देहीको बुटवलमा हुँदैछ । अधिवेशनको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij