२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

एमाले शीर्ष नेताहरु चढेको विमानमा खराबी, काठमाडौं फिर्ता

बुधवार , भाद्र १३, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १३ भदौ । नेकपा एमालेका शीर्ष नेताहरु चढेको विमानमा खराबी देखिएपछि काठमाडौं फिर्ता भएको छ । 

    बुधबारदेखि सिरहामा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु जनकपुर जाँदै थिए । उनीहरु सवार बुद्ध एयरमा समस्या आएपछि जनकपुर अवतरण नगरी पुनः काठमाडौं नै फिर्ता आएको छ । 

    विमानको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको उक्त विमानमाा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ,युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु सवार थिए ।