२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

प्रधानमन्त्री प्रचण्डलाई भेटे युकेका राजदूत फेनले

बुधवार , भाद्र १३, २०८०

काठमाडौं, १३ भदौ । नेपालका लागि संयुक्त अधिराज्य (युके)का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

बुधबार भएको शिष्टाचार भेटमा उनीहरुबीच दुई देशबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको छ । 

नवनियुक्त राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।