२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिष्ट पार्टीले प्रदर्शन गर्दै

बुधवार , भाद्र १३, २०८०

काठमाडौं, १३ भदौ । 
संसद बाहिर रहेका चार साना कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध बुधबार (आज) देशव्यापी प्रदर्शन गर्ने भएका छन् । 

मंगलबार बसेको साना चार कम्युनिष्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनका बिवद्ध आज देशव्यापी प्रदर्शन गर्न लागेका हुन । आजबाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागे पछि साना चार कम्युनिष्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् । 

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा जनाइएको छ ।

चारवटै पार्टीका अध्यक्ष एवं महासचिवले संयुक्त रुपमा विज्ञप्त जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा भने माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाइएको छ ।