
मंगलवार , भाद्र १२, २०८०
भैरहवा, १२ भदौ ।
श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर–१, रूपन्देहीमा छात्रवृत्ति वितरण तथा सेवा निवृत शिक्षकहरूको विदाई कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा स्व. लीलावीर लीलावती राना स्मृति छात्रवृत्तिबाट ४ जनालाई रु. ८ हजार, डा. हर्ष बहादुर पुष्पावती बुडास्मृति छात्रवृत्तिबाट १८ जनालाई रु. ३६ हजार र हरिश्चन्द्र शाही स्मृति छात्रवृत्ति अक्षयकोषबाट १० जनालाई रु. ५० हजार गरी ३२ जनालाई रु. ९४ हजारको छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।
त्यस्तै कार्यक्रममा विद्यालयका सेवानिवृत कार्यालय सहायक मित्र बहादुर गुरुङ, सेवानिवृत शिक्षक हनुमान सागर तिवारीलाई विदाई/सम्मान र पूर्व छात्रा (बी.एस.सी.एजी उत्तीर्ण) मीना सुनारलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको अध्यक्षता, विद्यालयका पूर्व प्रधानाध्यापक दिनेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, पूर्वशिक्षक मित्र बहादुर गुरुङ र हनुमानसागर तिवारीको विशिष्ट आतिथ्यता, पूर्व प्रधानाध्यापक लेखा थापा, बहिरा बाल माविका पूर्व प्रधानाध्यापक शारदा श्रेष्ठ, दिलमाया थापा, भीम बहादुर थापा, मेउडिहवा आधारभूत विद्यालयका प्रअ आशा थापा, पक्लिहवा मावि व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य हैदर अली, समाजसेवी प्रेमा केसी, पूर्व छात्रा मीना सुनारको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको धन्यवाद ज्ञापन तथा शिक्षक देवी प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा दिनेश कुमार श्रेष्ठ, लेखा थापा, हनुमानसागर तिवारी र भीम बहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij