२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

गठबन्धन तोड्ने षडयन्त्र सफल हुँदैन: प्रधानमन्त्री प्रचण्ड

मंगलवार , भाद्र १२, २०८०

काठमाडौं ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोड्ने षडयन्त्र सफल नहुने बताएका छन् । 

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा उहाले गठबन्धन तोड्ने धेरै कसरत भइरहेको भन्दै उक्त कसरत सफल नहुने बताएका हुन् । गठबन्धन तोड्न खोज्नेहरु आफै जनताको नजरमा गिदै जाने उनले बताए ।

प्रचण्डले माओवादी पार्टीलाई रुपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने जिकिर गरे । देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरूवात गरिएको भन्दै प्रचण्डले थप तीव्रता दिएर अघि बढ्ने धारणा राखे । उनले भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेकै कारण घेराबन्दीका साथै अनेकौँ कुप्रचार गरिएको बताए । सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उनले अब छिट्टै जनताले त्यसको प्रतिफल लिन पाउने बताए । 

उहाले पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताउनुभयो ।