images

मंगलवार, जेठ १ गते २०८१

लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षमा संजय गुरुङ

लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षमा संजय गुरुङ

images
images
images
सोमवार, भाद्र ११ २०८०
सोमवार, भाद्र ११ २०८०
  • लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षमा संजय गुरुङ

    भैरहवा, ११ भदौ ।
    नेपाल क्रिकेट संघ, लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा वार्षिक साधारणसभा सोमबार नवलपरासीमा सम्पन्न भएको छ । अधिवेशनले रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङलाई प्रदेश अध्यक्षमा चयन गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपल निवासी गुरुङ विगत लामो समयदेखि क्रिकेट क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएका छन् ।
    सर्वसम्मत रुपमा चयन भएको प्रादेशिक क्रिकेट संघको उपाध्यक्षमा बर्दियाका बिनय राजभण्डारी, सचिवमा दाङका कैलाश कुमार रोका र कोषाध्यक्षमा पाल्पाका राजेश श्रेष्ठ निर्वाचित भएका छन् ।

    images
    images
    images

    त्यसै गरी सदस्यहरुमा दाङका बालकृष्ण खत्री, बर्दियाका सुभाष तिमिल्सैना, रुपन्देहीका प्रथम पराजुली र धिरज अधिकारी क्षेत्री, बाँकेका दुर्ग बहादुर थापा मगर र मेराज अन्सारी, कपिलवस्तुका माया ज्ञवाली र पदमराज श्रेष्ठ तथा नवलपरासीका अनिश कुँवर निर्वाचित भएका छन् ।

    निर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत रोचक रेग्मी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, निर्वाचन अधिकृतहरु कुलमणि ज्ञवाली र सुमनकुमार केसीले शपथ, प्रमाणपत्र तथा बधाई ज्ञापन गरेका थिए । लुम्बिनी प्रदेशका सात जिल्लाबाट छानिएका प्रतिनिधिहरुको अधिवेशनमा उपस्थिति थियो ।

    साधारणसभाको उद्घाटन गर्दै नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले पूर्वाधार विकास नभएकै कारणले नेपालको क्रिकेट विकास पछाडि परेको दावी गरे । उनले नेपालको क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ, एशियन क्रिकेट संघहरु सकारात्मक भएको र नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न दिन इच्छुक देखिएको जानकारी दिदै पूर्वाधारको अभाव एकमात्र कारण रहेको बताए ।

    अध्यक्ष चन्दले ७७ मध्ये ४५ जिल्लामा क्रिकेट सम्बन्धि गतिविधि हुने गरेको जानकारी दिदै ११ जिल्लामा मात्र प्रशिक्षक राख्न सकिएको बताए । बाँकी जिल्लामा एउटा प्रशिक्षक पनि छैन, सरकारले एक रुपैयाँ पनि बजेट दिदैन, अनि कसरी हुन्छ क्रिकेट विकास ? – उनले प्रश्न गरे । स्थानीय र प्रदेश सरकारलाई कम्तिमा एक जना भए पनि क्रिकेट प्रशिक्षक नियुक्ति गरेर यसको विकास गर्न उनले आग्रह गरे ।

    अध्यक्ष चन्दले भैरहवाको क्रिकेट मैदान आगामी दुई वर्षभित्र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने स्तरको विकास गर्ने उद्घोष पनि गरे । उनले काठमाण्डौं केन्द्रित मात्रै भएर क्रिकेटको विकास नहुने भएकाले जिल्ला जिल्लामा स्तरीय मैदान, प्रशिक्षण र क्रिकेट प्रतियोगिता गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

    त्यस्तै प्रदेश सभा सदस्य खड्क बस्नेतले क्रिकेटको लागि लुम्बिनी उर्वर भूमि भएको बताए । उनले पहुँचका आधारमा भ्यू टावर, बाटो, सामुदायिक भवनलाई मात्र विकास देख्ने प्रवृत्ति अन्त्य गरी आवश्यकताको आधारमा विकास गरिनुपर्ने उल्लेख गरे ।

    नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकले क्रिकेटको विकासका लागि प्रशस्तै सम्भावना भएकाले एकजुट भएर लाग्नुपर्ने बताए ।

    संघका कोषाध्यक्ष रोशनकुमार सिंहले ग्रासरुटमा क्रिकेटको विकास नभए समग्र विकास अवरुद्ध हुने बताए । केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले लुम्बिनी प्रदेश पूर्वाधार र खेलाडीहरुको मिहिनेतले देशमै उत्कृष्ठ रहेको बताउँदै भैरहवास्थित सिद्धार्थ रंगशालालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    संघका प्रदेश अध्यक्ष दुर्गबहादुर थापा मगरको अध्यक्षता तथा रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङको सञ्चालनमा भएको साधारणसभामा प्रदेश उपाध्यक्ष नरेश श्रेष्ठ, केन्द्रीय सदस्य संजय राज सिंह, जिल्ला समन्वय समिति नवलपरासीका संयोजक रुदल यादललगायतले पनि मन्तव्य ब्यक्त गरेका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij