
सोमवार , भाद्र ११, २०८०
काठमाडौं, ११ भदौ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले घोषणा गरेका हुन् ।
सोमबार बसेको बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij