
सोमवार , भाद्र ११, २०८०
भैरहवा, ११ भदौ ।
नवलपरासीको सुनवलमा भएको मिस्टर एण्ड मिस नवलपरासी–२०२३ अन्तर्गत ‘मिस्टर लिटल नवलपरासी’ को उपाधि भैरहवाका दिक्षान्स कर्णले जितेका छन् । पी प्रोडक्सनको आयोजनामा शुक्रबार सुनवलस्थित होटल वरिएनमा भएको प्रतियोगितामा भैरहवास्थित आर्य पब्लिक स्कूलमा कक्षा ५ मा अध्ययनरत कर्णले उपाधि जितेका हुन् ।
मिस्टर एण्ड मिस वल्र्ड हेरिटेज नेपाल–२०२३ को सहकार्यमा भएको प्रतियोगितामा कर्णले उपाधि जित्न सफल भएको पी प्रोडक्सनका संस्थापक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा कोरियोग्राफर प्रशान्त साहले बताए । साहका अनुसार ‘मिस्टर लिटल नवलपरासी’ विधा (टाइटल) मा २६ जनाको सहभागीता रहेको थियो ।
प्रतियोगितामा अफिसियल ड्रेस पार्टनर पबिरा बुटिक कलेक्शन मिलनचोक, भैरहवा रहेको थियो ।
प्रतियोगिताको उपाधि भैरहवाका दिक्षान्स कर्णले जित्नु गौरवको विषय भएको माखनभोग स्वीट्स एण्ड बेकरी उद्योगका प्रोप्राइटर सुदीश महासेठले बताए । उनले भने, ‘हाम्रो लागि यो गर्वको विषय हो ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij