
आइतवार , भाद्र १०, २०८०
बुटवल, १० भदौ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेता भदौ १२ गते रुपन्देहीको बुटवल आउने भएका हुन् ।
समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदेशले आइतबार पत्रकार सम्मेलनमा गरी घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेता बुटवल आउने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य बसन्त सीले घोषणा सभाको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । अहिले देश निकै संवेदनशील अवस्थामा रहनुका साथै विदेशी हस्तक्षेप बढिरहेकाले मोर्चाको गठन गरिएको बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का सचिव तथा लुम्बिनी प्रदेशका इञ्चार्ज हितमान शाक्यले समाजवार्दी मोर्चा कसैको विरुद्ध गठन गरिएको नभइ २०६२/६३ सालको आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरु र संविधानको रक्षाका लागि बनाइएको बताए । अहिले पनि मोर्चामा रहेका दलहरुबीच धेरै विषयमा विमति रहेकाले समाजवादी मोर्चाबाट सहकार्य हुँदै मोर्चामा सहभागि दलहरुबीच एकता हुन पनि सक्ने उनले बताए ।
पत्रकार सम्मलेनमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य बसन्त सी, माओवादी केन्द्रका केन्द्रिय सचिव हितमान शाक्यसहित जसपाका राजनीतिक समिति सदस्य मनिकर कार्की, माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, जसपाका लुम्बिनी प्रदेश सह–इञ्चार्ज नवीन सुनुवार, एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी लगायत नेताहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij