२०८२, चैत्र १७ गते

Mar 31 2026 | २०८२, चैत्र १७ गते

काम गरेर अन्तर्राष्ट्रिय रूपमा बुद्ध भारतमा जन्मिएको भ्रमको अन्त्य गर्छु : उपाध्यक्ष डा.लामा

आइतवार , भाद्र १०, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • लुम्बिनी, १० भदाै । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी तिलौराकोट लगायतको क्षेत्रहरूको संरक्षण तथा सम्बर्द्धनको लागी महत्त्वपूर्ण सक्रियता देखाएका छन् । 

    गौतम बुद्धले  लुम्बिनीमा जन्म लिएर २९ वर्ष बिताएको तिलौराकोट भारतमा रहेको भ्रम नेपालकै सक्रियता, ज्ञान, अध्यान, पुरातत्वको उत्खननको अभावले भएको बताएका उनले बताए । सांस्कृतिक रूपमा भारतको अर्थ समथर भू-भाग रहेको हुँदा बंगलादेश देखिको नेपालसम्मको  समथर भू-भाग विभिन्न ग्रहन्थहरुमा सांस्कृतिक रूपमा भारत उल्लेख भएको हुँदा यो  बुद्धको जन्मबारे भ्रम सिर्जना भएको बताउँदै उनले उक्त अन्तर्राष्ट्रिय रूपमा रहेको उक्त भ्रमको अन्त्य आफ्नै कार्यकालमा गर्ने समेत उद्गोष गरे। 

    उनले तिलौराकोटमा बुद्धले बाल्यकाल बिताएको भूमि भएको र  करिब  २५ सय वर्षअघिको गणराज्य भएको हुदा यहाँको उत्खनन आवश्यक रहेको बताएका हुन् । भेटमा तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन्। ती दरबार, पूर्वी द्वार र पश्चिमी द्वार हुन्। यी स्थानमा प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ। यही नै यसको प्रमुख आकर्षण हो। तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीमा समेत रहेको छ।