
आइतवार , भाद्र १०, २०८०
काठमाडौं, १० भदौ ।
प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा जसपाबाट राजकिशोर यादवले उम्मेदवारी दिने भएका छन् ।
प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि हुने निर्वाचनमा अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा यादवले उम्मेवारी दिने भएका हुन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति जसपाको भागमा परेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij