
आइतवार , भाद्र १०, २०८०
काठमाडौं, १० भदौ ।
संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुँदैछ । सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइएको छ । जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।
प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा समितिको सभापति दिने भएको थियो । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिनापछि आइतबार (आज) संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij