
शनिवार , भाद्र ९, २०८०
भैरहवा, ९ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को दोस्रो वडा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले राकेश कहारको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा दुर्गेश ढाडी, सचिवमा गणेश कहार, उपसचिवमा यम कुमारी नेपाली, ध्रुव कुमार हरिजन र कोषाध्यक्षमा अरुण कुमार कोहार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा शिव सुन्दर ठाकुर, दिपेन्द्र कोहार, इमरान अली धोबी, मसुउद्दीन अली धोबी, सन्तोष कुमार सुनार, प्रदिप कहार, अलिसा नेपाली, अनमोल राना, अजित अली धोबी, इरफान अली धोबी, प्रेम बहादुर कोहार, सन्दिप कहार र अकलेश कहार निर्वाचत भएको युवा संघ रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठले बताए ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण मल्ल ठकुरीले राष्ट्रिय युवा संघ अन्य संगठन भन्दा फरक रहेको बताए । उनले युवा संघले रचनात्मक कार्यहरुलाई जोड दिएको बताए । उनले भने, ‘संघले गरेका कामहरुबारे नागरिकले बुझेका छन् । ’
त्यस्तै नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका उपाध्यक्ष अर्जुन कुमार गिरीले युवा संघले समाजमा रहेका बेथिति, विसंगतिविरुद्ध आवाज उठाउँदै आएको बताए ।
त्यसै गरी युवा संघका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठले युवा संघले देश र जनताको पक्षमा काम गर्दै आएको दावी गरे ।
युवा संघ सिद्धार्थनगरको सचिवालय सदस्य सुनिता थापा मगरको अध्यक्षता, संघका लुम्बिनी प्रदेश सदस्य कृष्ण मल्ल ठकुरीको प्रमुख आतिथ्यता, एमाले सिद्धार्थनगरका उपाध्यक्ष अर्जुन कुमार गिरीको विशिष्ट आतिथ्यता, एमाले नगर कमिटी सदस्य तथा युवा इञ्चार्ज नर्जुन गुरुङ एमाले नगर कमिटी सदस्य तथा वडा इञ्चार्ज दीपक कुमार थापा, वडा कमिटी अध्यक्ष इन्दिरा क्षेत्री, उपाध्यक्ष चैतु कहारलगायतको आतिथ्यता, युवा संघ सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष मनिषराज पाण्डेको स्वागत तथा जिल्ला सदस्य एवं सिद्धार्थनगर सह–इञ्चार्ज सम्झना थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij