२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रास्वपाले डाक्यो संसदीय दलको बैठक

शुक्रवार , भाद्र ८, २०८०

काठमाडौं, ८ भदौ । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अपरान्ह ५ बजे बस्ने गरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ । 

संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिन बैठक बोलाइएको बताइएको छ । 

संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार निर्वाचन हुँदैछ । चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।