२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

राप्रपा नेपालको केन्द्रिय समिति बैठक समापन हुँदै

शुक्रवार , भाद्र ८, २०८०

काठमाडौं, ८ भदौ । 
राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार (आज) समापन हुँदैछ । सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।

हिजोदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराइसकेका छन ।

सो बैठकले पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रिय समिति समक्ष आफनो धारणा राखिसकेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्रा.डा. विष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिति समक्ष प्रस्तुत भइसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।