२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

योगेश भट्टराई भन्छन्–एमाले संसद् विरोधी होइन 

बुधवार , भाद्र ६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ६ भदौ । 
    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी दल नभएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सचिव भट्टराईले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिएको उनले बताए ।

    ‘यो दशवटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीनवटा बैठक हल्ला गरेर चलेको। दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनुभएको थियो । बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो । यो सदन सत्तालाई चाहिन्छ चाहिँदैन तर, नेकपा एमालेलाई चाहिन्छ,’ उनले भने।

    अविश्वासको प्रस्ताव दर्ता हुँदा मनमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेश गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे ।  साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दावी गरे ।