२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

राष्ट्रिय युवा संघ सुदूरपश्चिमको अधिवेशन असोज ३ र ४ गते

बुधवार , भाद्र ६, २०८०

धनगढी, ६ भदौ । 
राष्ट्रिय युवा संघ, नेपाल सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन अगामी असोजमा हुने भएको छ । मंगलबार धनगढीमा सम्पन्न भएको राष्ट्रिय युवा संघको प्रदेशको चौथो बैठकले असोज ३ र ४ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन गर्नेछ । अहिले मल्लको संयोजकत्वमा आयोजक कमिटी रहेको छ ।

राष्ट्रिय युवा संघका केन्द्रीय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय अध्यक्ष क्षितिज थेवे विशिष्ट अतिथि रहेका थिए ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय इञ्चार्ज बस्नेतले नेकपा एमालेमा अध्यक्ष केपी ओलीबाहेकको विकल्प नभएको बताएका छन् । पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर लाग्न समेत बस्नेतले निर्देशन दिएका छन् ।