२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

सूचना टाँसेर संसद बैठक स्थगित

मंगलवार , भाद्र ५, २०८०

काठमाडौं, ५ भदौ । मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो । सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न
 दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।

गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।