
मंगलवार , भाद्र ५, २०८०
काठमाडौं, ५ भदौ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इञ्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इञ्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इञ्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको छ ।
बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वर प्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई. देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समिति गठन समेत गरेको छ ।
त्यस्तै बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । विभागका सदस्यहरूमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् ।
सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिष कुमार सुमन र सदस्यहरूमा लक्ष्मण हुमागाईँ र योगराज वनेम रहेका छन् ।
त्यसै गरी संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरूमा शैलेन्द्र साह र सनबहादुर राई रहेका छन् । महिला विभाग प्रमुखमा लिला सिटौला सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनीता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् ।
युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् भने विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij