२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

कमल थापाले तय गरे केन्द्रीय समिति बैठकका एजेण्डा, राजतन्त्रबारे पुनर्विचार गरिने

मंगलवार , भाद्र ५, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ५ भदौ । 
    राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रिय समिति बैठकका लागि एजेण्डा तय गरेको छ । 
    पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भदौ ७ र ८ गते काठमाडौंमा बोलाइएको केन्द्रीय समिती बैठकका एजेण्डाहरु तय गरी पारित गरेको हो । 

    अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन पेश गर्न उपाध्यक्ष प्रा.डा. बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । सो पार्टीले यसअघि संवैधानिक राजतन्त्रको एजेण्डा छाडेको थियो । तर, अब सो एजेण्डा पारित गर्ने पक्षमा बहुमत देखिएपछि अबको केन्द्रिय समितिमा व्यापक छलफल हुनेछ । 

    त्यसै गरी बैठकमा संगठन सम्बन्धि प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गेर्ने प्रस्तावसमेत पास गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले बताए । 

    प्रवक्ता अधिकारीकाअनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेण्डा तय गर्न ५ सदस्यीय समिति पनि गठन गरिएको छ । बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताईएको छ ।