
सोमवार , भाद्र ४, २०८०
काठमाडौ, ४ भदौ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ । सोमबार बसेको समिति बैठकले सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।
अनुमोदनअघि समिति बैठकमा श्रेष्ठले आफ्नो कार्ययोजनासहितको धारणा राखेका थिए । सांसदहरुले सोधेका प्रश्नहरुको उनले जवाफ दिएका थिए ।
संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ गरेको हो । सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij