२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

समाजवादी मोर्चाले सबै प्रदेशमा घोषणा सभा गर्ने

सोमवार , भाद्र ४, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ४ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाले प्रदेश स्तरीय घोषणा सभा गर्ने भएको छ । 

    आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले यही भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।

    नेकपा एसका नेता प्रमेश हमालका अनुसार मधेस प्रदेशको वीरगञ्जमा ८ गतेवाट सुरु हुने प्रदेश सभा क्रमश भदौं १२ गते लुम्बिनीको बुटवल, भदौं १३ गते सुदूरपश्चिमको धनगढी, भदौं १४ गते कर्णालीको सुर्खेत, भदौं १५ गते गण्डकीको पोखर, भदौं २३ गते बागमतीको हेटौँडा र भदौं २५ गते कोशीको विराटनगरमा घोषणा सभा गरिनेछ । 

    सो मोर्चामा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।

    आजको बैठकले सबै ७ प्रदेशमा मोर्चाका संयोजक तोक्ने तथा सरकारले भ्रष्टचार बिरुद्ध गरेको अभियानलाई समर्थन जनाउने निर्णय लिएको नेकपाका महासचिव चन्दले जानकारी दिए ।