२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

लुम्बिनी प्रदेश अधिवेशन केन्द्रीत एमाले रुपन्देहीको कार्ययोजना

बिहिवार , श्रावण ३२, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • रुपन्देही, ३२ साउन । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला सचिवालय रूपन्देहीको विस्तारित बैठक बिहीबार बुटवलमा सम्पन्न भएको छ । पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता तथा जिल्ला इञ्चार्ज दलबहादुर रानाको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । 

    बैठकले आगामी भदौ ९ गते प्रदेशको भदौ १६ र १७ गते बुटवलमा सम्पन्न हुने प्रथम प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । त्यस्तै अध्यक्ष तेजेन्द्र केसीको नेतृत्वमा जिल्लाका पदाधिकारी, क्षेत्रीय संयोजक र पालिकाका अध्यक्षसहितको जनपरिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै अधिवेशनका लागि स्वयंसेवक संयोजन गर्ने जिम्मा जिल्लाका उपसचिव चित्र बहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।

    अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल मण्डपमा गर्नेछन् । 
    आर्थिक वर्ष २०७९/८० मा पार्टी सदस्य नविकरण ८३.३४ प्रतिशत भएको अध्यक्ष केसीले जानकारी दिए । पार्टीको कामलाई व्यवस्थित गर्नको जिल्ला र पालिकाहरूमा संयन्त्र निर्माण गरिनेछ । जिल्लाको संयन्त्र निर्माणको जिम्मा जिल्ला इञ्चार्ज दलबहादुर राना र पालिकाको संयन्त्र निर्माणको जिल्लाका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । संयन्त्र जिल्ला र प्रदेशका पदाधिकारीसंहितको संयन्त्र निर्माण गरिनेछ । बैठकले जिल्ला कमिटी सदस्यमा हरिशचन्द्र सिंहलाई मनोनय गर्ने निर्णय गरेको छ । 

    बैठकमा बोल्दै जिल्ला इञ्चार्ज दलबहादुर रानाले पार्टीका प्रदेश नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न सबै लाग्नुपर्ने बताए । उनले पार्टीमा गुट उपगुट नभएको बताउँदै पार्टीलाई आगामी सबै निर्वाचनमा बहुमतसहितको बनाउने गरी संगठन निर्माणको काममा जुटनुपर्ने बताए । 

    बैठकमा पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्यहरु भूमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, कमल गौतम, गुमा आचार्य र अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीलगायतको सहभागिता रहेको थियो ।