२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी तीव्र

बुधवार , श्रावण ३१, २०८०

रुपन्देही, ३१ साउन । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तीव्र पारिएको छ । 
पार्टीको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते रुपन्देहीको बुटवलमा हुँदैछ । 

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले विभिन्न समितिले अधिवेशनको तयारी गरिरहेको बताए । बुधबार प्रचारप्रसार समितिको बैठकले अधिवेशनको प्रचारप्रसारबारे छलफल गरेको छ । बैठकमा अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने विषयमा छलफल गरिएको प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।

८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनी प्रदेशमा अधिवेशनका लागि १ हजार भन्दा बढी प्रतिनिधि छनोट हुने अध्यक्ष कंडेलले जानकारी दिए । प्रदेशअन्तर्गत १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गरिने उनले जानकारी दिए । उनकाअनुसार खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना र अन्यबाट ३ जना तथा एकतिहाइ महिला अनिवार्य हुने गरी प्रतिनिधि छनोटको मापदण्ड तय गरिएको छ ।

बुटवल–१० रामनगरस्थित अन्तर्राष्ट्रिय सभाहलमा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन हुने प्रेस चौतारी, नेपाल प्रदेश इञ्चार्ज मोहन चापागाईंले जानकारी दिए ।