२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

पाँचबुँदे माग राख्दै सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघले बुझायो ज्ञापनपत्र

सोमवार , श्रावण २९, २०८०

भैरहवा, २९ साउन । 
सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ रुपन्देहीले सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । 

महासंघ रुपन्देहीका अध्यक्ष युवराज गुरुङ्गको नेतृत्व तथा महासंघका केन्द्रिय सदस्य सुशील गुरुङ्गको उपस्थितिमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे तथा शिक्षा ईकाइ प्रमुख माधव वन्जाडेलाई पाँचबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

मन्त्रिपरिषद्मा विचाराधिन रहेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुन’ संशोधन र एकीकरण गर्न बनेको विधेयक सरोकारवालासँग छलफल र परामर्श बिना तयार गरेको विधेयकको मस्यौदा त्रूटीपूर्ण रहेकोले गम्भिर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । 

ज्ञापनपत्रमा समुदायको स्वामीत्व र अगुवाइमा सञ्चालन हुने भएकोले संघीय शिक्षा ऐनमा सामूदायिक विद्यालय लेखिनुपर्ने, व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्ने र अभिभावक भेलामार्फत व्यवस्थापन समिति गठन हुनुपर्ने, कार्यकाल ५ वर्षको हुनुपर्ने, खुल्ला प्रतिष्पर्धाबाट प्रधानाध्यापक छनौट हुँदा व्यवस्थापन समितिको निर्णायक सहभागीता हुनुपर्ने र व्यवस्थापन समिति महासंघको भूमिका ऐनमा स्पष्ट व्यवस्था गरिनुपर्ने लगायत मागहरु राखिएको महासंघले जनाएको छ ।

2.jpeg

कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य नविन्द्रराज आचार्य, प्रदेश सदस्य झविन्द्र गैरे, रुपन्देही जिल्ला उपाध्यक्ष हुमराज ढकाल, महासंघ तिलोत्तमाका अध्यक्ष जगत पौडेल, रुपन्देही लीलाराम न्यौपाने मा.वि.का अध्यक्ष तिलकराम ज्ञवाली, बेलहिया मा.वि.का अध्यक्ष देवराज न्यौपाने, भानु मा.वि.का सल्लाहकार कृष्ण प्रसाद खनाल, पक्लिहवा मा.वि.का सदस्य सलुजा रामदाम, टिकुलीगढ मा.वि.का अध्यक्ष फुलपति कंडेल, सिद्धार्थ आधारभूत विद्यालयका अध्यक्ष गोविन्द बस्याललगायतको उपस्थिति रहेको थियो । 

3.jpeg