२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

कांग्रेस बैठकमा सुनील शर्माले भने– गृहमन्त्रीको राजीनामाबाट ब्याक हुँदैन

आइतवार , श्रावण २८, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २८ साउन । 
    प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन् । 

    आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् । त्यसो त उनले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाए ।

    एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्न सक्छु ।’ उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।