शुक्रवार , श्रावण २६, २०८०
परासी, २६ साउन ।
नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा आन्तरिक विषेश अभियान सम्पन्न भएको हो ।
पार्टीका जिल्ला सभापति खड्ग बहादुर पोखरेलको अध्यक्षता तथा सुर्खेतका लागि केन्द्रीय प्रतिनिधि एवं पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले पार्टीभित्रको गुटबन्दीको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । साथै आन्तरिक विशेष अभियानले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्दै समानता कायम गर्ने बताए । यसले सिंगो नेपाली कांग्रेस पार्टीले देशप्रति निर्वाह गर्ने भूमिका र पार्टी कार्यकर्ताले बहन गर्नुपर्ने जिम्मेवारीलाई समेत बोध गराएको भन्दै कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएकोले धन्यवाद दिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुरुप देशका ७७ वटै जिल्लामा पार्टीभित्रको आन्तरिक विशेष अभियान कार्यक्रम सुरु भएसँगगै सुर्खेतमा सम्पन्न भएको कार्यक्रममा प्रदेश महामन्त्री निरन्जन केसीको विशिष्ट आतिथता र जिल्ला सदस्य, पदाधिकारी, क्षेत्रीय सभापति, महाधिवेशन ÷ महासमिति सदस्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij