
बुधवार , श्रावण २४, २०८०
काठमाडौं, २४ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच विवाद भएको छ ।
संस्थापन र असन्तुष्ट समूहका दुई पक्षबीच नेविसंघको नयाँ समिति विस्तारको विषयलाई लिएर विवाद भएको हो ।
दुवै समूह एकैपटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर जान नदिन प्रहरी परिचालनसमेत गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनित गरेपछि विवाद बढेको छ ।
नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए । उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहितका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij