२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

३३ किलो सुन ल्याइँदा कांग्रेसको सरकार थियो : एमाले नेता रिजाल

बुधवार , श्रावण २४, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २४ साउन । 
    ३३ केजी सुन नेपाल भित्राउँदा कांग्रेसको सरकार रहेको जनाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु रिजालले सो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार रहेको जनाएका हुन् ।  

    ‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले भनेका छन, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’ 

    संसदमा सुन प्रकरणलाइ लिएर वादविवाद भइरहँदा रिजालको यो टिप्पणी सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो ।