२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

निर्धारित समयमै संसद चल्नुपर्छ, तीन दलको बन्धक हुन सक्दैन : रवि लामिछाने

मंगलवार , श्रावण २३, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २३ साउन ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् । 

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताए । तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरे ।