मंगलवार , श्रावण २३, २०८०
काठमाडौं, २३ साउन । सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ।
काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ । काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ ।घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij